सशस्त्र प्रहरी बलकाे मटिहानी स्थित बिओपीले लागूऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको सशस्त्र प्रहरी मटिहानीले जनाएको छ ।
मटिहानी ८ स्थित सानो सीमा स्तम्भ २९५/५ नजिकैबाट सशस्त्र प्रहरीले उक्त लागूऔषध बरामद गरेको सशस्त्र प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा भारतको बिहार मधुवनीका बिनाेद साह रहेका छन् । उनको साथबाट विभिन्न प्रकारका लागूऔषध क्याप्सुलका अलावा अन्य सामानहरू पनि पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्ति र वरामद लागूऔषध आवश्यक कारबाहीकाे लागि नेपाल प्रहरी महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


