


एक जना व्यक्तिको ज्यान बचाउन सफल भए नेपाल प्रहरी” ओखलढुङ्गा प्रहरीको उत्कृष्ट कार्य ढुङ्गाको चेपमा अड्किएका ब्यक्तिको सकुशल उद्धार गर्न सफल भएका छन्” नेपाल प्रहरी ।
ओखलढुङ्गा चम्पादेबी गाउँपालिका वडा नं. ०३ तिलबारी बस्ने बर्ष-५५ को राम बहादुर तामाङ आफ्नो घर नजिकै रहेको दुम्सी ओडारे स्थित भिरको ढुङ्गाको १०-१५ फिट चेप भित्र दुम्सी खोज्ने क्रममा अडकिएको अवस्थामा रहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा मातहत प्रहरी चौकी ताप्केडाँडाबाट खटिएको प्रहरी टोलीले स्थानीय बासीहरुको सहयोगमा सकुशल उद्दार गरेको छ ।
सलाम छ, नेपाल प्रहरी।


