Saturday, May 16, 2026

सशस्त्र प्रहरी पर्साद्वारा १५० क्यारेट केरा बिरगंजबाट बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्साले १५० क्यारेट केरा बरामद गरी पर्साका बिरगंज भन्सारमा दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साको विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म बीरगञ्जबाट र बीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नं. १५, भिस्वा स्थित एन.एम.सी.रोडमा रहेको मनिस फ्रुट सप्लायर्सको गोदाममा सम्भु कुमार गुप्ताले भारतबाट ल्याई भन्सार छली गरी भण्डारण गरिराखेको १५० क्यारेट केरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पर्साका बीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र पर्सले जानकारी दिएको छ ।


नेपालमा किसानहरुले उत्पादन गरेको कृषिजन्य उपजहरुको उचित मुल्य नपाएको तथा भारतबाट आयात गरिएको फलफुल तथा तरकारीहरुले मात्र बजार ओगटिरहेको भन्ने गुनासो गरिरहेको सन्दर्भमा सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा भन्सार छली ल्याएका सामानहरुलाई नियन्त्रण गर्ने कार्यलाई तिव्रता दिदै आईरहेको छ । चोरी तस्करी लगायतका सीमा अपराध नियन्त्रण गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल पर्साले अगामी दिनमा अझ प्रभावकारी रुपमा संचालन गरी राजश्व अभिबृद्धिमा समेत टेवा पुर्‍याईने बताएको छ ।

सशस्त्र प्रहरी सुचना अधिकारी (डीएसपी) विश्वराज योन्जनले जानकारी दिएको हो ।

सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा, बिरगंज ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles