हायात होटलको क्यासिनो तोडफोड र नगद चोरी लुटपाट संलग्नमा रहेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं ६ बौद्ध बस्ने ४२ वर्षका सेठ्ठी भन्ने दावा शेर्पा र काठमाडौं बुढानीलकण्ठ १२ बस्ने २९ वर्षका रने भन्ने रन्जीत खड्का रहेका छन् ।उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएर अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।


