Tuesday, February 3, 2026

सिंहलाई हत्या गरेको हत्यारालाई बारा प्रहरीद्वारा दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको प्रसौनी भलुही स्थित पानी उधोगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरि आज बारा प्रहरीले सार्वजनिक गरिएका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेको बारा प्रहरीले जनाएका छन् । सिंहको हत्या गरेर फरार भएका उनीहरूलाई प्रहरीले १८ घण्टामै नियन्त्रणमा लिएको बाराका प्रहरीले बताउँछन् ।
पक्राउ परेका हत्याराहरूलाई बारा जिल्लाको अदालतबाट आज आइतबार ७ दिन हिरासतमा राख्ने अनुमति पाएको र बाराको प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुले मंसिर ११ गते राति पानी उद्योगका प्रबन्धक सर्लाही धनकौल गाउँपालिका-२ का ५० वर्षीय सिंहलाई धारिलो हतियारले रेटेर हत्या गरेका थिए। हत्यापछि उनीहरुले सिंहको शवलाई उद्योग भन्दा करिब २५ मिटर उत्तरतर्फको झाडीमा लुकाएर फरार भएका थिए । राम उक्त उद्योगमा कार्यरत रहेको थियो, आचरण राम्रो नभएको भन्दै प्रबन्धक सिंहले रामलाई मंसिर १० गते कामबाट हटाएका थिए भने मंसिर ११ गते काम गरेवापतको ज्याला दिई पठाएका थिए।

उद्योगबाट उत्पादित पानी व्यक्तिगत मुनाफाका लागि बजारमा बढी मूल्यमा बिक्री गर्ने गरेको थाहा पाएपछि प्रबन्धक सिंहले रामलाई हटाएको बारा प्रहरीको भनाइ रहेको छ । सिंह र रामबीच अघिल्लो वर्षको मंसिर महिनामा समेत वादविवाद भएको बताइएको छ । वादविवादपछि उद्योग छोडेर गएका राम कात्तिक १ गतेदेखि पुनः चालकका रुपमा काम गर्दै आएका थिए। प्रबन्धक सिंह र चालक रामबीचको सम्बन्ध राम्रो थिएन। पछिल्लो पटक कात्तिक १० गते कामबाट हटाएपछि रामले सिंहको हत्या गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
उनीहरुले सिंहमाथि धारिलो हतियार र इँट्टा प्रहार गरेर हत्या गरेका हुन्। सो क्रममा उनीहरुले उद्योग भित्रको सीसीटीभी क्यामरा समेत फुटाएका थिए।


घटना भएलगत्तै बारा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)नरेन्द्र कुवँर र अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक दीपक बस्नेतको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धाका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएका थिए ।
पक्राउ परेका रामले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन्” रामले आफूलाई कामबाट हटाएको आक्रोशमा सिंहको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । तुरहा र आफू मिलेर सिंहको हत्या गरेको बयान रामले दिएपछि प्रहरीलाई घटनाको अनुसन्धान गर्न सहज बनेको हो ।
बारा जिल्लाका प्रहरी प्रवक्ता सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) खेमप्रसाद नेपालले हत्यामा प्रयोग गरिएका धारिलो हतियार समेत बरामद भएको जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles