
धनुषा जिल्लाको जनकपुरधामकी रोशनी झाको हत्या आरोपमा प्रहरीले उनका ससुरालाई पक्राउ गरेको छन् । माइतीपक्षले रोशनीको हत्या भएको आरोप लगाएपछि प्रहरीले उनका ससुरा रुद्रनारायण मिश्रलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
जनकपुरधाम–४ कटैयाचौरीस्थित ससुरालीमा २७ वर्षीया रोशनीको शंकास्पद मृत्यु भएको थियो। रोशनीको माइतीपक्षले श्रीमान प्रशान्त मिश्र, ससुरा रुद्रनारायणलगायतका आफन्तले हत्या गरेको आरोप लगाएका छन् ।


