Thursday, February 26, 2026

विदेश पठाईदिने भन्दै १४ करोड ठगी गरेको आरोपमा सम्भु अग्रवाल पक्राउ:-

ताजा / भरखरै प्राप्त

विदेश पठाउने भन्दै १४ करोड ठगी गरेको आरोपमा अग्रवाल पक्राउ वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए। उजुरीका आधारमा आइतबार उनलाई पक्राउ गरिएको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग पठाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles