जेन-जी आन्दोलनमा भागेका २० जना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेका छन् ।
भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरूले झापामा गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भई अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएका थिए” त्यसमध्ये २० जना पक्राउ परेको छन् , र फरार रहेका ७२ जनाको खोजी भइरहेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपीले जनाएको छन् । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवाहरूलाई भगाइएको थियो ।
त्यस्तै अन्य जिल्लाका कारागारबाट भागेर आएका १५ जना कैदीबन्दीहरुलाई झापा प्रहरीले पक्राउ गरी सम्बन्धित कारागारमा पठाएको झापा प्रहरीले जनाएको छ ।


