




नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धनुषा जिल्लाको जनकपुरधाममा एकता सन्देश सभा गरेको छ । एकता सभामा नेकपाको ब्यापक जनसहभागिता रहेको थियो ।
धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरेको हो।
सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतका शीर्षनेताहरूले सम्बोधन गरेको छन् ।
सभामा प्रदेशभरबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता उपस्थित रहेको जनाइएको छ ।
नेकपाले २७ गते सुर्खेतमा सभा गर्दैछ । यसअघि मंसिसर २३ गते मकवानपुरको हेटौँडामा सभा ससमापन गर्ने तयारी गरिए पनि यो मिति सारिएको जनाइएको छ ।
नकोपाले बागमतीमा पनि सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी काठमाडौं उपत्यकामै भेलाको तयारी भइरहेको जनाएको छ ।


