Tuesday, May 19, 2026

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसादको आज शपथ ग्रहण:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आज बिहान १०ः३० बजे हुने भएको जनाइएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रदेश प्रमुखको सचिवालयले शपथग्रहण कार्यक्रमको तयारी भइसकेको जानकारी दिएको छ । यादवको नियुक्ति एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि खाली भएको पदम पुर्ति भएको हो।
यसअघि कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत गर्दै आएका थिए। लामो राजनीतिक परामर्श र छलफलपछि सात दलले कृष्णप्रसाद यादवको नाममा सहमति भएको जनाएका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादवको शपथग्रहणसँगै मधेस प्रदेशमा सरकारको स्थायित्व कायम रहने अपेक्षा गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles