Tuesday, May 19, 2026

नेपालमा जहाजमा बारम्बार चरा ठोक्किनु जोखिमको,चुनौती:-

ताजा / भरखरै प्राप्त

नेपालको उड्डयन क्षेत्रमा पछिल्ला केही वर्षयता बारम्बार देखिएको समस्यामध्ये “बर्ड–स्ट्राइक” अर्थात् जहाजमा चरा ठोक्किनु अत्यन्त गम्भीर चुनौतीको रूपमा उभिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि देशका धेरै आन्तरिक विमानस्थलसम्म, उडानको धावनमार्ग (रनवे), ट्याक्सी–वे तथा विमान उडान–अवतरणका समयमा चरा ठोक्किनु सामान्य जस्तै देखिन थालिरहेको छ। प्राकृतिक, प्राविधिक र व्यवस्थापनगत कारणले बढ्दो यस्तो जोखिमले नेपालको उड्डयन सुरक्षालाई कमजोर बनाइरहेको छ।
बर्ड–स्ट्राइक सामान्य घटना जस्तो देखिए पनि यसको प्रभाव गम्भीर हुन सक्छ।चरा ठूलो आकारको भए वा उच्च गतिमा ठोक्किँदा इन्जिन फेलियर हुन सक्छ, जुन मृत्युजन्य दुर्घटनाको मुख्य कारण बन्न सक्छ।ककपिट विन्डशील्ड फुट्ने, पंखामा क्षति पुग्ने, नली वा सेन्सर अवरुद्ध हुनेजस्ता समस्या देखिन सक्छन्।
विमान मर्मत, इन्जिन परीक्षण, उडान रद्द वा ढिलाइले एयरलाइनहरूले करोडौँ रूपैयाँ बराबरको घाटा बेहोर्नुपर्छ।बारम्बार बर्ड–स्ट्राइकका घटनाले यात्रुहरूमा उडान सुरक्षाबारे शंका पैदा हुने र मुलुकको उड्डयन छविमा नकारात्मक असर पर्छ।नेपाल जस्तो पहाडी भौगोलिक अवस्थाले युक्त, एकै रनवेमा धेरै उडान हुने देशका लागि बर्ड–स्ट्राइक थप चुनौतीपूर्ण बनिरहेको छ।
फोहोरका थुप्रो, फुड–वेस्ट, खुला फोहोरमैला स्थल र नदी किनारमा फोहोर मिसिनुले चिल, काग, गिध, बतख आदि आकर्षित हुने गर्छन्।नेपालका धेरै विमानस्थल नदी, खोला वा ताल नजिक छन्—जसले चरालाई निरन्तर आकर्षित गर्छ।विमानस्थल वरपर खेतबारी, गोठालो, गहुँ–मकै कटानीको मौसममा चरा बाक्लो हुने गर्छ।
आधुनिक बर्ड–डिटेक्सन रडार वा लेजर–स्केयरिङ प्रविधि अभाव , वन्यजन्तु व्यवस्थापनका लागि पर्याप्त प्रशिक्षित जनशक्ति नहुनु , समयमै सञ्चालनका लागि नियमित ‘बर्ड पैट्रोल’ कमजोर हुनु हो।नेपालको उड्डयनको प्रमुख जिम्मेवारी भनेकै उडान सुरक्षा सुनिश्चित गर्नु हो।
यसअन्तर्गत—विमानस्थल वरपर फुड–वेस्ट व्यवस्थापन, अनधिकृत फोहोर फाल्न प्रतिबन्ध, स्थानीय निकायसँग समन्वय।पानीका जमिन हटाउने, निकास प्रणाली सुधार्ने, चरा आकर्षित गर्ने प्राकृतिक स्थल घटाउने।प्रत्येक विमानस्थलमा बर्ड–कन्ट्रोल युनिट स्थापना गर्ने।उच्च जोखिमका क्षेत्र निर्धारण गरी नियमित बर्ड हेजार्ड एसेस्मेन्ट गर्ने।चरालाई हुस्काउन फायर–क्रेकर, सायरन, लेजर लाइट, बर्ड–स्केयर क्यानन जस्ता उपकरण प्रयोग गर्नु हो। ।विमानस्थल वरपर ५–१० किमी क्षेत्रमा फोहोरमैला केन्द्र, कुखुरा फर्म, मासु प्रशोधन केन्द्र स्थापना गर्न रोक लगाउने।स्थानीय नगरपालिकालाई लिखित निर्देशन र अनुगमन।बर्ड–स्ट्राइक रिपोर्टिङलाई अनिवार्य, तथ्याङ्क व्यवस्थापन र विश्लेषणलाई वैज्ञानिक बनाउने हो ।

नागरिक उड्डयनको भूमिका घटना भएपछि मात्र नियन्त्रण गर्ने होइन, जोखिम पहिचान गरेर पहिल्यै कडा उपाय अपनाउने , विमानस्थल परिसरमा फोहोर व्यवस्थापन, अवैध संरचना, कुखुरा फार्म जस्ता कारणमा कुनै सम्झौता नगर्ने , बर्ड–रडार, लेजर–स्केयरिङ, ध्वनि–आधारित सिस्टम जडान गर्दै नेपाललाई अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा उकास्ने र क्ष्ऋब्इ तथा विश्वका दक्ष विमानस्थलबाट सिकेर नेपालमा लागू गर्ने भूमिका हुनु पर्छ ।
नेपालमा जहाजमा चरा ठोक्किनु सामान्य समस्या मात्र होइन, राष्ट्रको सम्पूर्ण उड्डयन सुरक्षामाथिको गम्भीर चुनौती हो। पछिल्ला घटनाले विमान, यात्रु र चालकदल सबैको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्छन्। नागरिक उड्डयन प्राधिकरणले वैज्ञानिक, कडाइपूर्ण र व्यवस्थित कदम चाल्ने हो भने बर्ड–स्ट्राइकको जोखिम ठूलो मात्रामा घटाउन सकिन्छ।उड्डयन सुरक्षा कुनै एक संस्थाको मात्र जिम्मा होइन; विमानस्थल, स्थानीय निकाय, समुदाय र एयरलाइन्स सबैले साझा रूपमा काम गरेमा मात्र सुरक्षित आकाश निर्माण सम्भव हुन्छ।
नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles