
काठमाडौं प्रहरीले काठमाडौँको कुलेश्वरबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ घर भएर कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठ छन् । आरोपीको साथबाट र डेराबाट ५७ लाख ४७ हजार ३५० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् ।काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर स्थित चुन्ने पाखा टोलमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको हो । आरोपीविरुद्ध हुण्डी कारोबार गर्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जनाएको छ ।


