Monday, February 2, 2026

७ पटक चुनाव जितेका देउवाले भने-अब अन्तिम पटक फेरि लड्छु:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पुनः डडेलधुराबाट उम्मेदवार हुने बताएका छन् । गृहजिल्ला डडेलधुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज महाराजगन्जस्थित निवासमा भएको कुराकानीमा सभापति देउवाले आफू अबको निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अन्तिम पटक उम्मेदवार हुने बताएका हुन् ।
विकसित राजनीतिक घटनाक्रमका कारण युवाहरूलाई अब पार्टीले अघि बढाउनुपर्ने धारणा राख्दा देउवाले आफै उम्मेदवार बन्ने चाहना व्यक्त गरेको उनले बताए । सभापति देउवा २०४८ पछि भएका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका नेता हुन् ।उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

उनले आफू अन्तिम पटक उम्मेदवार बन्न लागेको र यसका लागि आफूलाई सहयोग गर्न पनि आग्रह गरेको भट्टले बताएका छन् ।अहिले कांग्रेसका देशैभरका क्षेत्रीय समितिहरूको बैठक गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ उम्मेदवार हुन चाहेका व्यक्तिहरूको नामावली सिफारिस गर्ने काम भइरहेको छ ।डडेल्धुराबाट सभापति देउवाको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles