Saturday, May 30, 2026

राैतहट जिल्लाको चपुरका घुमुवाको किन छानबिन हुँदैन:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका घुमुवाको कारण प्रहरी संगठन बदनामी भएको देखिएको छ ।
अहिले रौतहटका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत घुमुवा सहायक हवल्दार रत्न बज्राचार्यको कारण पनि यहाँ प्रहरीको बदनाम मात्रै भएको छैन कि पैसाको लागि प्रहरी केही चाहिँ गर्दैन भन्ने देखिएको छ। विगत ४ वर्षदेखि अर्थात ३ डिएसपीको पालादेखि घुमुवा बसेका बज्राचार्यको असुलीले यहाँका व्यवसायीहरू आतंकित भएका छन्। दैनिक इप्रका अगाडिबाट तीनदेखि चार ट्रक गाइगोरूको खुलेआम तस्करी भइरहेको बताइएको छ ।
तर एक दिन, एक पटक पनि प्रहरीले पक्राउ गरेको छैनन् ।
गाइगोरूको तस्करसँग प्रहरीले रकम असुली गरेको कारण नै पक्राउ नगरेको हो भन्ने तथ्य कसैबाट छुपेको छैन। यसबाहेक बजारसँगै रहेको चाँदी खोलामा रातको समयमा त परैजाओस्, दिउँसो नै खुलेआम अवैध उत्खनन हुँदै आएको छ। दर्जनौँ ट्र्याक्टरले बिहानैदेखि अवैध उत्खननको नदीजन्य सामग्री लगिरहेका हुन्छन्। तर प्रहरीले पक्राउ गर्दैन। यो पक्राउ नगर्नुको पछाडि प्रहरी र तस्करहरूको मिलेमतो हो भन्ने कुरामा पनि विवाद छैन।
यसका अलावा चन्द्रनिगाहपुरमा घण्टे यौनधन्दाको अवैध व्यापार व्यापक मात्रामा चलिरहेको स्थानीयहरुले बताउँछन् । दर्जनौँ यस्ता केही होटल र लज तथा गेष्टहाउसहरू छन् , जहाँ घण्टे यौनधन्दा व्यापक मात्रामा भइरहेको छ। खास गरेर नेपालीभन्दा पनि बढी भारतीय पुरुषहरू नेपाल आएर होटलहरुमा कोठा लिएर मदिरा सेवन गर्ने र नेपाली युवतीहरूसँग मोजमस्ती गर्ने गर्दछन् । एक दर्जनजति यस्ता होटलहरू घण्टे होटलका रूपमा यहाँ प्रचलित छन् । भारतीय पुरुषहरू आएपछि नेपाली युवतीहरूलाई उनीहरूले बुक गरेको कोठामा पठाउने र जबरजस्ती यौनधन्दामा लगाउने काम हुने गरेको बताइएको छ । कतिपय होटलमा युवती स्वयं नै भारतीय पुरुषहरूसँग कोठामा जाने गरेको पनि देखिन्छ। यस्तो धन्दा गर्ने होटलमा युवतीहरू नै राखेर यस्तो काम हुँदै आएको छ। यस्तो धन्दा हुने होटलमा मदिरादेखि अन्य खानेकुराहरूको मूल्य पनि अत्यधिक धेरै लिएर भारतीय ग्राहकलाई ठग्ने काम पनि हुने गरेको छ।
यी होटलमा यस्तो धन्दा हुन्छ र भइरहेको छ, भन्ने सबै जानकारी प्रहरीलाई थाहा भएर पनि कहिल्यै छापा हान्ने, र पक्राउ गर्ने काम भएको छैन ।
होटलहरुको सबै सेटिङ मिलाउने र रकमको कारोबार घुमुवा रत्न बज्राचार्यले नै गर्ने गरेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहट, मधेस प्रदेश प्रहरी कार्यालयको ध्यान जानु जरुरी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles