Saturday, April 25, 2026

वीरगञ्जको नगवामा सांघातिक हमला,प्रहरीद्वारा दुई पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्ज महानगरपालिका–१६ नगवामा आइतबार साँझ एकै परिवारमाथि सांघातिक आक्रमण भएको छ। शिवनाथ रौनियार र उनका छोराहरूले रोशन साह कानुको परिवारमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको आरोप लागेको छ।

आइतबार साँझ करिब ६ बजे शिवनाथ रौनियारका छोरा राहुल रौनियार र ऋषि रौनियारले करिब १० वटा मोटरसाइकलमा सवार २० जनाको समूह लिएर रोशन साह कानुको घर आँगनमा प्रवेश गरी गुण्डा शैलीमा आक्रमण गरेका थिए।

आक्रमणका क्रममा आक्रमणकारीहरूले फलामका डन्डी र क्रिकेट खेलमा प्रयोग हुने ब्याट प्रयोग गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उक्त आक्रमणमा रोशन साह कानुको श्रीमती रिंकु देवी र उनका भतिज सागर साह गम्भीर घाइते भएका छन्। दुवैको टाउकोमा गम्भीर चोट लागेको छ।

घाइतेहरूको प्रारम्भिक उपचार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको थियो। त्यसपछि थप उपचारका लागि निलकण्ठ अस्पताल, वीरगञ्जमा भर्ना गरिएको छ।

घटनापछि प्रहरीले त्वरित कारबाही गर्दै राहुल रौनियार र ऋषि रौनियारलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई अनुसन्धान तथा पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles