Sunday, April 26, 2026

बीरगञ्ज भन्सारमा सशस्त्र प्रहरीको ज्यादतीको आरोपविल–विजक र भन्सार महसुल तिरेका व्यवसायीको कपडा जबर्जस्ती नियन्त्रणमा :-

ताजा / भरखरै प्राप्त

बीरगञ्ज, पर्सा मधेश प्रदेश खवर ।
बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटनापछि स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्।

व्यवसायीहरूका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी भन्सार जाँच पास भएको कपडालाई सशस्त्र प्रहरीले तस्करीको आशंका देखाउँदै नियन्त्रणमा लिएको हो। तर सम्बन्धित कपडामा वैध बिल–विजक र भन्सार रसिद हुँदाहुँदै पनि जबर्जस्ती नियन्त्रणमा लिनु कानुन कार्यान्वयनभन्दा अधिकारको दुरुपयोग भएको व्यवसायीहरूको भनाइ छ।

उनीहरूले केही तस्करहरूसँग मिलेमतो गरेर वैध व्यवसायीलाई दुःख दिने प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। “सेटिङमा चलेका तस्कर छुट पाउँछन्, तर कानुन मानेर व्यापार गर्ने व्यवसायीलाई दुःख दिइन्छ,” एक व्यवसायीले गुनासो गरे।

घटनाबारे सशस्त्र प्रहरी प्रशासनको तर्फबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। व्यवसायीहरूले तत्काल कपडा फिर्ता गर्न र यस्ता घटनाको अन्त्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles