Tuesday, February 3, 2026

पर्सा जिल्लामा निर्वाचनमा भाग लिन नपाउने ब्यक्तिहरूको नामावली:-

ताजा / भरखरै प्राप्त

विगतकाे निर्वाचनमा भाग लिएर निर्वाचन खर्च विवरण आयोगमा नबुझाउने र मतदातामाझ सार्वजनिक नगर्ने उम्मेदवारको नाम निर्वाचन आयोगले ‘ब्ल्याक लिस्ट’ मा राखेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक उम्मेदवार निर्वाचन आयोगको कालोसूचीमा परेका छन्। कानुनअनुसार आयोगले गरेको निर्णय नमान्ने त्यस्ता व्यक्ति फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउँदैनन् । ’ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नाम कम्प्युटर प्रणालीमार्फत भिडाएर जाँच हुन्छ। यदि अघिल्लो चुनावमा खर्च विवरण नबुझाएको वा सार्वजनिक नगरेको पाइयो भने उम्मेदवारी नै अस्वीकार हुन्छ।

निर्वाचन आयोगले पर्सा जिल्लाका प्रदीप यादव, अजय चौरसिया, राजकुमार गुप्ता, लक्ष्मण्लाल कर्ण तथा जालिम मिया मन्सूरीलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ।
निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बनेर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने वा बुझाए पनि सार्वजनिक नगर्ने १,०८० जना उम्मेदवार आयोगको कालोसूचीमा परेका छन्। कालोसूचीमा परेका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा उम्मेदवारी दिनबाट रोक लगाइएको बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles