Monday, February 2, 2026

बारा प्रहरीद्वारा १० किलो लागु औषध गाँजासहित दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

सिम्रौनगढ,१६ पुस

बाराको कलैया । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साह, र प्र.ना.नि बाला राज गिरिको कमाण्डमा र प्रहरी चौकी अमृतगंजखजानी बाराबाट प्र.स.नि. विश्वराज प्रसाद कुशवाहा समतेको संयूक्त रूपमा खटिएको प्रहरीको टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं.३ ब्राह्मस्थान स्थित गगांनगर बाट नयकाटोल तर्फ निम्न व्यक्तिहरूले मोटरसाइकलमा आईरहेको र प्रहरीले रोकी चेक जाच गर्ने क्रममा प्लास्टिकको दुईवटा पोकामा गाँजा बरामद भएको बारा प्रहरीले बताएको छन् ।

बारा प्रहरीले विषेश सुचना पाएलगत्तै गाँजा लुकिछुपि ओसार पसार भईरहेको अवस्थामा लागू औषध गाँजा १० किलो निजहरूको साथबाट वरामद गरी मानिस मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको व्यहोरा सूचित गरिन्छ ।

पक्राउ परेका व्यक्तिहरू बारा जिल्लाका पचराैता नगरपालिका वडा नं. ३ रामनगर बस्ने जोगिन्द्र महतो कोईरीको छोरा वर्ष ३३ को राजकुमार कुशवाहा रहेको छन्” र पचराैता ३ कै रामनगर बस्ने अशोक पटेलको छोरा वर्ष २८ को पुन्देव पटेल रहेको छन् । अवैध लागु औषध गाँजा मोटरसाइकल र दुबै जनालाई इलाका प्रहरी कार्यलय सिम्राैनगढमा बुझाएको प्रहरी नायव निरीक्षक बाला राज गिरिले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles