तुलसीपुरका एक युवकलाई ६४ लाख बढी भन्दा नगद चोरेको आरोपमा प्रहरीले पक्राउ गरिएको छ । पकाउ पर्नेमा
तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई ६४ लाख ८१ हजार नगदसहित प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक (डिएसपी) चक्रबहादुर शाहले दुर्गा बहादुरले काठ्माडौमा चारी गरेको आरोपमा तुलसीपुरबाट पक्राउ गरिएको बताउनुभएको छन् ।
दुर्गालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको बताइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीको गोलौरास्थित घरमा गएर खानतलासी गर्ने क्रममा ठूलो परिमाणमा नगद नोटहरू फेला परेपछि प्रहरीले ती गन्नका लागि मेसिन लगेको थियो। पेशाले प्लमर दुर्गाबहादुर सोमबार बेलुका मात्रै काठमाडौंबाट गोलौरास्थित घर आएका थिए ।
जसले त्यो रकम काठमाडौं विशाल नगरस्थित डिसहोम फाइबर नेटका सञ्चालकको घरबाट चोरी गरेको प्रहरीले जनाएको छ । सिसिटिभी फुटेजमा रकम चोरी गर्दै गरेका दुर्गा बहादुरको भिडिओ कैद भएको थियो । त्यही भिडिओको आधारमा प्राप्त गोप्य सूचनापछि राति नै प्रहरी दुर्गा बहादुरको घर पहिचानमा लागेको थियो । दुर्गा बहादुरको घर यकिन गरिसकेपछि प्रहरी रातभर घरभन्दा केही टाढा सुटुक्क निगरानी गर्दै बसेको थियो।
मंगलरबार बिहान प्रहरीले दुर्गाबहादुरको घर खानतलासी गरेको थियो । त्यस क्रममा ठूलो परिमाणमा लुकाइछिपाइ राखेको नगद रकम फेला परेपछि प्रहरीले ती नोट गन्न बजारबाट मेसिन लगेको थियो । तर, विद्युत भोल्टेजका कारणले गर्दा मेसिन राम्रोसँग नचलेपछि प्रहरी हातैले गनेर ६४ लाख ८१ हजार रहेको थियो ।


