Tuesday, February 3, 2026

बिल बीजक भन्दा बढि १४ लाख बराबरको सामान प्रहरीद्वारा बरामद:-

ताजा / भरखरै प्राप्त

धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छलि गरी सामानहरू ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी बिट बाफलबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ४ स्थित बाफलबाट उक्त बसको डिक्की भित्रबाट २८ बोरा मोबाइलको पार्टस जस्तो देखिने तपसिलमा उल्लिखित सामानहरू सहित निम्न मानिसलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान पश्चात् त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको प्रहरीले जनाएको छन् ।
पक्राउ परेका मानिसहरू
१. जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका ६ बस्ने वर्ष २५ को महेश चौधरी (चालक)
बरामद सामानहरू
१. २७ बोरामा १५०० पिस टेम्पर ग्लास, ४०५०० पिस × रु. ३५ (१ पिसको अन्दाजी मूल्य) जम्मा रु. १४,१७,५००।- (अक्षरेपि चौध लाख सत्र हजार पाँच सय)
२. १ बोरामा १०० पिस Airpods, १ पिसको अन्दाजी मूल्य रु.८०० को दरले रु. ८०,०००। (अक्षरेपि असी हजार मात्र)
(जम्मा अन्दाजी मूल्य रु. १४,९७,५००।– (अक्षरेपि चौध लाख सन्तानब्बे हजार पाँच सय) रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles