जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा न.०३ गडेया टोल स्थित बिशेष सुचनाको आधारमा ई.प्र.का.पटेर्बा सुगौली पर्साबाट सादा पोसाकको प्रहरी र प्र.चौ.पाण्डेपुरका प्र.स.नि. वसीम राजाको कमाण्डमा खटिगएको संयुक्त प्रहरी टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेको ना १६ प ३०२० न.को NXG Splendar मोटरसाइकल चेकचाज गर्दा मोटरसाइकल चालक जिल्ला पर्सा सखुवा प्रसौनि गाउँपालिका गा.पा.वडा न. ४ देवरवाना बस्ने पारस साहको छोरा बर्ष २० को पबन साह को शरिर को ढाडमा लुकाई छिपाई राखिएको नेपाली रु ७५०,०००।–( सात लाख पचास हजार ) ऐ.ऐ.मो.सा.सवार ऐ.ऐ. बस्ने ईकराहिम मिया अंन्सारी को छोरा अ.बर्ष ३० को मुस्ताक अंसारी शरिर को ढाडमा लुकाई छिपाई राखिएको नेपाली रु२,५२०१०।–(दुई लाख बाउन्न हजार दश रुपैया ) र सोही मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने राजेश्वर पासवानको छोरा बर्ष १९ को राम पुकार पसावान को शरिरबाट केही फेला नपरेको , जम्मा बरामद भएको रकम नेपाली रु १०,०२०१०( दश लाख दुई हजार दश रुपैया मात्र ) स्रोत नखुलेको पैसा र मो.सा.सहित नियन्त्रणमा लिइ थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको इलाका प्रहरी पटेरवा सुगाैलीले जनाएको छ ।


