कैलाली — लम्की चुहा नगरपालिका–स्थित गणेशपुर चोकमा धनगढीबाट चितवनतर्फ जाँदै गरेको बोलेरो जिप आज दुर्घटनाग्रस्त भएको छ। जिप सडकमा अनियन्त्रित भई पल्टिएको स्थानीयले जानकारी दिएका छन्।
दुर्घटनामा जिपमा सवार यात्रुहरू सुरक्षित रहेका छन् भने कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। यद्यपि, जिपमा आंशिक क्षति पुगेको बताइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको स्थानीयले जनाएको छन् ।


