Sunday, May 31, 2026

पिकनिक सकेर जादै गरेको ४० जना सवार बस पाैवामा दुर्घटना:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना, सुरक्षाकर्मीहरुद्वोरा उद्धार कार्य जारी ।
काठमाडौंको शंकरापुर नगरपालिका–३ अन्तर्गत पर्ने जहरसिंह पौवा (फेदी जंगल क्षेत्र) मा आज साँझ एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। पिकनिक सकेर काठमाडौं फर्किँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस अनियन्त्रित भई सडकबाट चिप्लिएर करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स टोली तथा स्थानीय बासिन्दाहरूको सहयोगमा उद्धार कार्य तीव्र रूपमा सुरु गरिएको थियो। दुर्घटनास्थल दुर्गम जंगल क्षेत्रभित्र परेकाले उद्धारमा केही कठिनाइ भए पनि सुरक्षाकर्मीहरूले निरन्तर प्रयास जारी राखेका छन्। प्रहरीका अनुसार दुर्घटनामा परेका यात्रुहरूमध्ये २२ देखि ३५ जनासम्म घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज तथा सुष्मा कोइराला मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थामा भर्ना गरिएको छ। सामान्य घाइतेहरूको उपचार नजिकैका अस्पतालमा भइरहेको छ।


दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार साँघुरो सडक, तीव्र मोड तथा चालकको नियन्त्रण गुम्नु दुर्घटनाको कारण हुन सक्ने बताइएको छ। यद्यपि, यथार्थ कारण अनुसन्धानपछि मात्र पुष्टि हुने प्रहरीले जानकारी दिएको छ।
घटनापछि सो क्षेत्रमा केही समय सवारी आवागमन प्रभावित भएको थियो भने सुरक्षाकर्मीहरूले ट्राफिक व्यवस्थापन गर्दै उद्धार कार्यलाई प्राथमिकता दिएका छन्। स्थानीय प्रशासनले घाइतेहरूको शीघ्र उपचार र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
उद्धार कार्य अझै जारी रहेको र थप विवरण प्राप्त भएलगत्तै सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles