२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सञ्चालन गरेको जनाइएको छ।
सो कार्यक्रम अन्तर्गत झापा जिल्लाको मेची पुल र कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा इलाकाबाट एकैसाथ सुरु गरिएको झण्डा मार्च विभिन्न जिल्लाहरू हुँदै अगाडि बढिरहेको जनाइएको छ।

यसै क्रममा एपीएफ मोरङको टोलीले आज सुनसरी जिल्लालाई औपचारिक रूपमा झण्डा हस्तान्तरण गरेको जनाएको छ ।
झण्डा हस्तान्तरण कार्यक्रममार्फत राष्ट्रिय एकता, अनुशासन, देशभक्ति र सशस्त्र प्रहरी बलको भूमिकालाई जनस्तरसम्म पुर्याउने उद्देश्य राखिएको छ।
कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ ।


