सशस्त्र प्रहरी वल नेपाल पर्साको सहकार्यमा महिला कैदिबन्दिहरुलाई सल तथा न्यानो कपडा वितरण गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

आज मिति २०८२,०९,२४ गते ०९:१५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका – ५ स्थित कारागार कार्यालयमा सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण हे.क्वा.पर्साको सहकार्यमा लाईन्स क्लव बीरगंजको आयोजनामा लाईन्स क्लव बीरगंजका अध्यक्ष सुरेश कुमार रुङ्गटा, नं.१३ गण हे.क्वा पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्ट, कारागार प्रशासक उप-सचिव बाबुलाल रेग्मी, कारागार सुरक्षा बेश बीरगंजका बेशपति स.प्र.ना.उ.(डिएसपी) बिष्णुहरी घिमिरे र कारागार सुरक्षा गार्डका प्र.ना.नि.सई. डम्मर बहादुर श्रेष्ठको उपस्थितिमा कारागारमा रहेका महिला कैदि बन्दिहरुलाई ६२ थान सल र कैदिबन्दिको ५ जना तथा बालबालिकाहरुलाई न्यानो कपडा बितरण भएको गरिएको ।
सुचना अधिकारी
स.प्र.ना.उ.विश्वराज योन्जन
सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्साले जानकारी दिएको छन् ।


