२५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी लहावरथकरी गुल्ममा ७ दिने कपाल कटाइ तालिम कार्यक्रम
सम्पन्न भएको छ ।

पर्साका सीमाक्षेत्रमा अपराध तथा चोरी तस्करी नियन्त्रण र युवालाई रोजगारतर्फ उन्मुख गराउन सिपमूलक कपाल कटाने तालिम सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुर्नचन्द भट्टद्वारा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीको आयोजनामा सञ्चालन गरिएको ७ दिने कपाल कटाइ तालिम सम्पन्न भएको सशस्त्र प्रहरीका (डीएसपी) लोकनाथ उप्रेतीले जानकारी दिएको छन् ।
पर्साका पकहाँ मैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सीमा सुरक्षा गुल्म लहावरथकरीमा सञ्चालित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले बेरोजगार युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने तथा सीमाक्षेत्रमा हुने तस्करी र अपराध नियन्त्रण गर्ने उद्देश्यले यस्ता सिपमूलक तालिम सञ्चालन गरिएको जनाएको छन् ।
उनले सीमाक्षेत्रमा सामाजिक, आर्थिक तथा लागूऔषधसम्बन्धी अपराधको चुनौती रहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गर्न सिपमूलक तालिम प्रभावकारी माध्यम हुने बताएको छन् ।
“हाम्रो मुलुकको ठूलो समस्या बेरोजगारी हो, भनेको छन्” सिप भए स्वदेशमै रोजगारी गरेर परिवारसँग बस्न सकिन्छ, वहाँको भनाईं रहेको छ, सिप कहिल्यै खेर जाँदैन,” उनले भनेका छन् ।
सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्म पति सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) लोकनाथ उप्रेतीले सशस्त्र प्रहरी र स्थानीय नागरिकबीच समन्वय तथा सहकार्य बढाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिएको छन् । उनले तालिममा सहभागी भएका १५ जना सशस्त्र प्रहरीले व्यवहारिक सिप हासिल गरी आत्मनिर्भर बन्ने आधार तयार भएको बताएका छन् ।
सम्मान समारोहमा सीमा सुरक्षा समितिका संयोजकसमेत रहेका पकहाँ मैनपुर–४ का वडाध्यक्ष ढेडी यादव, पकहाँ मैनपुर–५ का वडाध्यक्ष बलिराम चौरसिया, वडा समिति सदस्य पप्पू गिरी, प्रभु पटेल लगायतले मन्तव्य राख्दै सशस्त्र प्रहरीको पहलको प्रशंसा गरेको थिए ।
२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा आयोजित सिपमूलक कपाल कटाइ तालिममा प्रशिक्षक सुकदेव ठाकुर हजाम, सुनिल ठाकुर हजार, धर्मेन्द्र पटेल र कुलदिप पाण्डेले प्रशिक्षण दिएका थिए। समापन समारोहमा तालिमका सहभागीहरुलाई प्रमाणपत्र तथा केश काट्ने सामग्रीसमेत सशस्त्र प्रहरी पर्साका प्रमुख एसपीले वितरण गर्नुभको छन् ।


