काठमाडौँ महानगरपालिका–२७ स्थित केशरमहलबाट चोरीको मोटरसाइकल सहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला मन्थली नगरपालिका–४ बस्ने २४ वर्षीय विक्रम सुनुवार रहेको छन् ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीको टोलीले चोरीको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले बताएको छन् ।

विक्रमको साथबाट प्रहरीले बा.प्र–०२–०२१ प ३७३४ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको जनाएको छ । आरोपीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर अनुसन्धान भई रहेको काठमाडौं प्रहरीले जनाएको छन् ।


