Monday, February 2, 2026

सशस्त्र प्रहरी र रोटरी कलब बिरगंजसंगको सहकार्यमा कपडा वितरण:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी वल नेपाल पर्साद्वारा ROTARY CLUB OF BIRGUNJ संगको सहकार्यमा न्यानो कपडा वितरण गरेको छ ।

आज मिति २०८२।०९।२७ गते “२५ औं सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमावासीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले ROTARY CLUB OF BIRGUNJ संगको सहकार्य र सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साको आयोजनामा पर्सा जिल्ला अन्तर्गत रहेका बिभिन्न पालिकाका २०३ विपन्न घरपरिवारलाई न्यानो कपडा (पोलार) बितरण गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा बिभिन्न वडाका वडा अध्यक्षहरु सहित जन प्रतिनिधिहरुद्वारा सीमा सुरक्षा गुल्म हे.क्वा.अलौको प्राङगणमा पर्साका बीरगञ्ज महानगरपालिका – १७ का ३४ विपन्न घरपरिवार, बिओपि. अमरपट्टीको प्राङ्गणमा बिन्दवासिनि गाउँपालिका वडा ३,४ र ५ का ३७ विपन्न घरपरिवार, तथा बिओपि. पिडारीगुठ्ठीको प्राङ्गणमा जगरनाथपुर गाउँपालिका वड – १ का १६ विपन्न घरपरिवार, र बिओपि. भिस्वाको प्राङ्गणमा छिपहरमाई गाउँपालिका . ३, ४ र ५ का ७१ विपन्न घरपरिवार, बिओपि महादेवपट्टीको प्राङ्गणमा जिराभवानी गाउँपालिका वडा – १ का १५ विपन्न घरपरिवार,
सीमा सुरक्षा गुल्म हे.क्वा. भिखमपुरको प्राङ्गणमा धोविनी गाउँपालिका वडा -२ र जगरनाथपुर गाउँपालिका -२ का ३० विपन्न घरपरिवारहरुलाई न्यानो कपडा (पोलार) बितरण गरिएको।

सशस्त्र प्रहरी सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनराज निरौलाले जानकारी दिएको हो,
सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा, बिरगंज ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles