Monday, February 2, 2026

४० ग्राम ब्राउन सुगरसहित श्रवनकुमार सिरहा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

सिरहा जिल्लामा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. ५ झाझपट्टीस्थित सडक खण्डमा प्रहरीको चेकजाँचका क्रममा २२ वर्षीय श्रवनकुमार कामैत पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०१–००२ प १६०८ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोक्दा उनले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको लागुऔषध फेला परेको प्रहरीले बताउँछन् ।

इलाका प्रहरी कार्यालय महेशपुरपतार र इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको संयुक्त प्रहरीको टोलीले कामैतको खानतलासी गरेको थियो । उनको ज्याकेटको खल्तीमा रहेको स्टिलको बट्टाभित्र लुकाई राखिएको अवस्थामा बट्टाबाहेक ३९.९० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।पक्राउ परेका श्रवनकुमार कामैत सिरहाकै सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. २ का बासिन्दा रहेको छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles