आम जनता पार्टी र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको जनाइएको छ । जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित हुदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमती भएको जनाइएको छ ।

पर्सामा आज दुबै पार्टीका बीचमा पार्टी एकता सहित निर्वाचनमा आजपाको मोवाइल चुनाव चिन्हबाट चुनाव लडने सहमती भएको बताइन्छ । सहमती पत्रमा आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र जन अधिकार पार्टी नेपालका अध्यक्ष ईमदाद गद्दीले हस्ताक्षर गरेका छन् । आम जनता पार्टी र जन अधिकार पार्टी नेपाल बीच एकता सहित मोवाइल छापबाट चुनाव लडने सहमति भएको हो,’ दुबै पार्टीले गरेको सहमती पत्रमा उल्लेख गरिएको जनाइएको छ ।
पर्सा जिल्ला भिस्वा निवासी ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आम जनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल’ छापबाट चुनाव लड्ने सहमति सहित पार्टी एकता भएको आजपाले जानकारी दिएको हो।
यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतका चुनावी सहमती एवं गठबन्धन गरेको छ । समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको आजपाले १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा उतार्ने भएको छन् ।


