पर्सा जिल्ला क्षेत्र न.-३ को पोखरिया बाजारमा आम जनता पार्टीको निर्वाचन क्षेत्रिय भेला कार्यक्रम सम्पन्न भएकोछ । ‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुबित पीड़ितलाई न्याय दिलाउन आयोजित उक्त भेलाले निर्वाचन परिचालन सम्बन्धि महत्वपुर्ण निर्णयहरु गरेको मोहम्मद इस्तखारले जनाएको छन् ।



२९ पुष । आम जनता पार्टीका नेता मोहम्मद इस्तखारले प्रतिनिधि सभा निर्वाचन २०८२ मा पर्सा क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने दाबी गरेका छन् ।आफू स्थानीय स्तरमा जनतासँग नजिकको सम्बन्ध बनाउँदै आएको र पार्टीभित्र पनि सकारात्मक छवि कायम रहेको बताउँदै उनले पार्टीले टिकट दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । इस्तखारको भनाईं
म लामो समयदेखि पर्सा क्षेत्र नं.३ का स्थानीयवासीहरूसँग प्रत्यक्ष रूपमा जोडिँदै आएको बताउँछन् । जनताको समस्या, आवश्यकता र अपेक्षा मैले नजिकबाट बुझेको छु,” उनले भने, “पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा गरेको योगदानका कारण पार्टीले मलाई उम्मेदवार बनाउने विश्वास लिएको भनेको छन् । उनका अनुसार यदि पार्टीले उम्मेदवारी दिएमा जनताको हित, विकास र सुशासनलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी रहेको जनाएको छन् ।


