सप्तरी जिल्लाको कदमाहा–गाईघाट सडकखण्ड अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छन् ।
प्रहरीले रातिको समयमा गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय भेडियाबाटको टोलीले शंकास्पद मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उनीहरू लागूऔषधसहित दुइ जाना चाैधरी समातिएका छन् । नेपाल प्रहरीको गस्तीका क्रममा पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–७ का २२ वर्षीय पारसमणी चौधरी र सुरुङकै २० वर्षीय बिनम चौधरी थारु रहेका छन् । सप्तरी प्रहरीका अनुसार दक्षिणतर्फबाट कदमाहातर्फबाट आउँदै गरेको स. ४ प. ७७२३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा जाकेट लगाएको गोजीमा लुकाइछिपाइ राखिएको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डाइजापाम इन्जेक्सन १८ एम्पुल, फेरागन २ एमएल लेखिएको १७ एम्पुल र ब्रुफेनोर्फिन २ एमएल लेखिएको १८ एम्पुल बरामद गरिएको हो। साथै दुई जनाबाट मोबाइल दुई थान, र मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय करोडबोनाको हिरासतमा राखी सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बरबहादुर पुरीले जानकारी दिएका छन् ।


