Sunday, May 31, 2026

सिन्धुली एसबीआईको रुपैयाँ जंगलभरी नोटै नोट, बोरा-बोरामा उठाइयो:-

ताजा / भरखरै प्राप्त

सिन्धुलीको घ्याङलेख गाउँपालिकाको केन्द्र रहेको केही माथीको जंगलभरी नेपाली नोटहरु यत्रतत्र छरिएको रुपमा भेटिएको छ । प्रहरी स्थानीय भएर सकेसम्म संकलन गरे, रात परेपछि नदेखिँदा अहिले बिहान खोजिरहेका छन् । बोराका-बोरा नोट भेटिएको छ । यसो हुनुको कारण छ बैक लुटेर बोकेका पैसा स्थानीय र प्रहरीले लखेटेपछि लुटेराले यसरी बोराबाट पैसा फ्याक्दै हिँडेपछि छरिएको जनाइएको छ ।
जंगलको बाटोमा नोटका बिटाहरु छरिए, भाग्ने क्रममा एक ठाउँ त लुटेराहरुलेबोरा नै छोडे भागेका छन् ।

पुष २९ गते मंगलबार बेलुकी ६ः३० बजे सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंक लुटिएको छ । लुटेराहरुले बैंकका गार्डलाई सुरुमा आक्रमण गरेका छन्” रोक्न खोज्दा सुरक्षा गार्डको हात काटिदिए, पेस्तोल र खुकुरी देखाएर तर्साएको छन्” मुख बाँधेर एक ठाउँ राखि दिएको छन् ।
बैंकका कर्मचारी सोहि बैंक भएको माथिल्लो तल्लामा बसेका थिए । बैंक लुट्न आएको समूहका केहि माथि बैंकका कर्मचारी भएको ठाउँमा पुग्छन्, उनीहरुलाई पनि डोरीले बाँ’ध्छन्, नबोल्न भन्छन्, मुख थुनिदिन्छन् । बैंकको पैसा राखिएको ठाउँको चाबी माग्छन्, र ढोका लगाईदिन्छन् ।
कोहि सुरक्षा गार्डको निगरानीमा बस्छन् , कोहि बैंकका कर्मचारीको र केहि मिनेटमै बोरामा पैसा पोको पारेर लुटेराहरु भाग्छन् ।

बेलुकी ६ः३० बजे, लुटेराहरु बैंक छिरे गाउँपालिकाको भवनमा नेपाल एसबिआई बैंकको शाखा छ । सो शाखाको माथिल्लो तल्लामा सोहि बैंकका कर्मचारीहरु बस्छन् । बैंकको मुख्य गेट बन्द थियो । तर बैंक भएको घरको पछाडीपट्टी ओहोरदोहोर गर्ने अर्को एउटा ढोका छ । सो ढोका भने त्यहाँ बस्नेहरु ओहोरदोहोर गर्नका लागि खुला हुन्छ । बैंक लुटेराहरु सोहि गेटको प्रयोग गरेर बैंक छिरेका थिए । बैंक छिर्ने बित्तिकै उनीहरुले गार्डमाथि आक्रमण गरी, अरु कर्मचारीको पनि हात बाँधीदिए, मुख थुनिदिए र चाबी लिए । केहि समयभित्रै बैंक लुटेर उनीहरु भागेको थिए ।

करिव ६ः४५ बजेतिर, बैंकका कर्मचारीले प्रहरीलाई फोन गरे
बैंक लुटेराहरुले कर्मचारीहरुलाई बन्धक बनाएर राखेका थिए । लुटेराहरु पैसा लिएर हिँडेपछि बैंकका कर्मचारीले प्रहरीलाई फोन गरे । केहि समयभित्रै प्रहरी आई, पुगेको थियो ।
तुरुन्त प्रहरी परिचालन भयो । प्रहरीहरुले आफ्नो पिछा गरेको थाहा पाएपछि लुटेराहरु उनीहरुले प्रयोग गरेको गाडी त्यहिं छोडेर जंगलै जंगल भागे । उनीहरुले भागेको देखेपछि केहि स्थानीयहरुले उनीहरुलाई ढुंगाले हान्नसमेत खोजेका थिए ।
लुटेराहरुले सकेको पैसा बोके, नसकेको त्यहिँ छोडिदिए । लुटेको मध्ये एक बोरा पैसा गाडीमै छोडिदिए । बोकेको अरु पैसा पनि भाग्ने क्रममा उनीहरुले ठाउँ ठाउँ फाले । जंगलको बाटोमा नोटका बिटाहरु यत्रतत्र छरिए, भाग्ने क्रममा एक ठाउँ त लुटेराहरुलेबोरा नै छोडे । उनीहरुलाई पछ्याईरहेको प्रहरी र स्थानीय बासिन्दाले लुटेरा त भेटेनन्, तर बोराभरि पैसा भेटे, जुन पैसा स्थानीयले प्रहरीको जिम्मा लगाईसकेका छन् ।

प्रहरीले बैंक लुट्नका लागि प्रयोग भएको गाडी र सवारी चालक नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । प्रारम्भिक बयानका क्रममा सवारीचालकले केटी भगाउने भन्दै गाडी रिजर्भ गरेको, हामी कुरा मिलाएर केहि छिनमा आउँछौँ भनेको र गाडी र ड्राइभरलाई बैंक अगाडी राखेको बताए । तर पछि उनीहरुले पैसाका बोरा लोड गरेर गाडी कुदाउन भनेको सवारी चालकको भनाई छ । उनका अनुसार अलि अघि गएपछि मात्र बैंक लुटिएको थाहा भयो । प्रहरीहरु पिछा लागेको थाहा भएपछि उनीहरुले गाडी रोक्न लगाएर भागेका थिए ।
रात छिपिंदै गर्दा, अवेरसम्ममा लुटेराहरुले भाग्ने क्रममा जंगलमा छाडेका नोटहरु केहि भेटिए, केहि भेटिएनन्” प्रहरीको सर्च अपरेशन चलिरहेको जनाइएको छ,।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles