Tuesday, February 3, 2026

राष्ट्रसेवाको उदाहरण बने गुल्मी जिल्लाका सहायक हवल्दार सुरेश कुँवर:-

ताजा / भरखरै प्राप्त

गुल्मीको मदाने गाउँपालिका–६ (साविक पुर्कोटदह गाविस–४) नुवार घर भएका प्रहरी सहायक हवल्दार सुरेश कुँवर दुई सुरक्षा संगठनबीचको सद्भाव, समन्वय र साझा राष्ट्रसेवाको उदाहरण बनेका छन्।सुरुदेखि नै राष्ट्रसेवाको सपना बोकेका कुँवरले २०७० साल भदौ ७ गते महेश्वरी बाहिनी बाङ्गेसिमल, सुर्खेतबाट सशस्त्र प्रहरी बल नेपालमा सेवा प्रवेशका लागि आवेदन दिएका थिए। तर भर्ना छनोट प्रक्रियामै उनी असफल भए।


सपना पूरा नभए पनि राष्ट्रप्रतिको जिम्मेवारी र सेवाभाव भने कमजोर बनेन। सशस्त्र प्रहरी बलमा प्रवेश गर्न नपाएपछि उनले २०७० साल असोज १५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरे। त्यसयता उनले विभिन्न जिल्लामा इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाका साथ सेवा प्रदान गर्दै आएका छन्। हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्।
नेपाल प्रहरीमा कार्यरत रहे पनि सुरक्षा संयन्त्रको उद्देश्य एउटै हुने विश्वासका साथ कुँवरले सशस्त्र प्रहरी बलजस्ता निकायहरूसँग सधैं सुमधुर सम्बन्ध र प्रभावकारी समन्वय कायम गर्दै आए। यही योगदानको कदरस्वरूप सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५ औँ रजत महोत्सवको अवसरमा प्रधान कार्यालय हलचोकमा आयोजित प्रभातकालीन समारोहमा उनलाई IG APF Commendation सम्मान प्रदान गरेको हो। सम्मान सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको हातबाट प्रदान गरिएको थियो।
नेपाल प्रहरीको तल्लो दर्जामा कार्यरत कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपालबाट यस प्रकारको सम्मान प्रदान हुनु दुर्लभ मानिन्छ। यसले व्यक्तिगत उपलब्धिभन्दा पनि सुरक्षा संयन्त्रभित्र आपसी सम्मान, सहकार्य र एकताको भावना अझ सुदृढ बनाएको छ।
तल्लो तहमा देखिएको असन्तुष्टि, जागिर छोड्ने प्रवृत्ति र आन्दोलनका कारण पछिल्ला दिनमा घट्दै गएको प्रहरी मनोबलका बीच यो सम्मानले सम्पूर्ण सुरक्षा निकायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles