Tuesday, February 3, 2026

सर्लाहीमा नेपाली कांग्रेसमा प्रवेशको लहर थापालाई सघाउन सांसद उम्मेदवारसहित कांग्रेसमा प्रवेश:-

ताजा / भरखरै प्राप्त

सर्लाही — नेपाली काङ्ग्रेस पार्टीका सभापति गगन थापालाई आगामी निर्वाचनमा सघाउने उद्देश्यसहित सर्लाही जिल्लामा सांसद उम्मेदवारसहित चार जना वडाध्यक्ष नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्।

सर्लाहीको एक कार्यक्रममा विभिन्न दल परित्याग गरी आएका स्थानीय जनप्रतिनिधि तथा नेताहरूलाई नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरूले पार्टीमा स्वागत गरेका हुन्। प्रवेश गर्नेहरूमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसहित चार वडाका वडाध्यक्ष रहेका छन्।

कार्यक्रममा बोल्दै नेताहरूले लोकतन्त्र, समावेशिता र विकासको एजेण्डालाई अघि बढाउन नेपाली काङ्ग्रेस नै उपयुक्त विकल्प भएको बताएका छन्। उनीहरूले गगन थापाको नेतृत्वमा पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

नेताहरूले सर्लाहीमा कांग्रेस संगठन सुदृढ हुँदै गएको र जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles