Monday, February 2, 2026

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले पत्रकारितामा पेशागत मर्यादा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नु पर्ने बताए ।

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे ।
उनले विशेषगरी निर्वाचनजस्ता संवेदनशील विषयको रिपोर्टिङ गर्दा कुनै पूर्वाग्रह नराखी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरू सुझाव दिए ।

संयोजक लामिछानेले पत्रकारिताको मूल धर्म सत्यको खोज र जनताको विश्वास कायम गर्नु भएको उल्लेख गर्दै, गलत सूचना र अफवाह फैलिन नदिन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जाराले प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाको सवाल अझै चुनौतीपूर्ण रहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने धारणा राखे।


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश खनालले निर्वाचनको समयमा पत्रकार आचारसहिता तथा निर्वाचनको आचारसहिताको ख्याल गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दिपक गौतम, समाजवादी प्रेस संगठनका राघव साह, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टरका केन्द्रिय सदस्य सन्तोष पौडेल लगायत पर्सैली पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पत्रकारहरूको भूमिका झल्काएको छ। रतmदान कार्यक्रममा अजित भुजेल, रन्जित पाण्डे, संजोग गिरि,सन्तोष कुश्वाहा, दिपेन्द्र प्रसाद लगायतले रतmदान गरेका थिए ।

प्रेस सेन्टर नेपालले स्थापना दिवसलाई प्रत्येक वर्ष पत्रकारिता सुदृढीकरण, पेशागत क्षमता अभिवृद्धि तथा सामाजिक सेवासँग जोड्दै मनाउँदै आएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको संचालन प्रेस सेन्टर पर्साका सचिव अजित भूजेलले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles