पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पाठकले, निर्वाचन प्रहरीहरुलाई तथा प्रहरी क्रमचारीहरुलाई निर्वाचन आचारसंहिता सम्बन्धी जानकारी गराउँदै छन् ।

पर्सा जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले इलाका प्रहरी कार्यालय पोखरीयामा तालिमरत निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीहरूलाई तालिम सम्बन्धी ब्रिफिङ तथा निर्वाचन आचारसंहिता सम्बन्धी अनुशिक्षण प्रदान गर्नु भएका निर्वाचन प्रहरी र प्रहरी हरुलाई आचार संहिता सम्बन्धि जानकारी गराएका छन् ।

अनुशिक्षणका क्रममा प्रमुख प्रहरी उपरीक्षक पाठकले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन प्रहरीहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएका छन् ।
उनले निर्वाचन अवधिमा पालना गर्नुपर्ने आचारसंहिता, सुरक्षाका मापदण्ड, जिम्मेवारी तथा अनुशासनबारे स्पष्ट रुपमा निर्देशन दिएका छन् । कार्यक्रममा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूलाई उच्च सतर्कता अपनाउन, कानुनको दायराभित्र रही निष्पक्ष रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरेको छन् ।

यस किसिमको तालिमले आगामी निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त पनि गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


