Tuesday, February 3, 2026

आम जनता पार्टीको क्षेत्रीय बेला कार्यक्रम बारामा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

गढीमाईलाई विश्वसम्पदा सूचीकरण र सिम्रौनगढ नगरलााई संरक्षणको प्रतिबद्धता: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आम जनता पार्टीको क्षेत्रीय भेला कार्यक्रम आज बाराको गँजभवानिपुरमा सम्पन्न भएको छ । कार्यक्रम आम जनता पार्टी क्षेत्रीय अध्यक्ष सियाराम जयस्वालको अध्यक्षतामा सम्पन्न भएको हो।


भेलामा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी रहेको थिए” भने बारा–२ का उम्मेदवार आत्माराम साह, लिलावती देवी साह, केन्द्रीय सचिवालय सदस्य सुनिल यादव तथा बारा–४ का उम्मेदवार उमेश कुशवाहा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय सचिवालय सदस्य सिताराम जयस्वालले राखेका थिए।


कार्यक्रममा सम्बोधन गर्दै बारा–४ का उम्मेदवार उमेश कुशवाहाले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने तथा १३ सय वर्ष पुरानो सिम्रौनगढको ऐतिहासिक पहिचान संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् । उनले आम जनता पार्टी निर्वाचित भए मात्र गरिब तथा विपन्न परिवारका लागि रोजगारी सिर्जना, कृषि क्षेत्रमा देखिएका समस्या समाधान र स्थानीय जनजीवन सुधार गर्न सकिने दाबी गर्दै फागुन २१ गते पार्टीलाई मतदान गर्न आग्रह गरेको छन् ।
त्यस्तै बारा–२ का उम्मेदवार आत्माराम साहले आगामी निर्वाचनको मुख्य उद्देश्य राष्ट्र निर्माण र संविधान संशोधन रहेको बताए। आफू यही क्षेत्रको बासिन्दा भएकाले स्थानीय समस्या नजिकबाट बुझेको र समाधानका लागि तत्पर रहेको उनको भनाइ थियो। उनले आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको स्पष्ट दृष्टिकोण र दीर्घकालीन सोचका कारण बाराको विकास सम्भव हुने दाबी गरेको छन् ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष प्रभु साहले सम्बोधन गर्दै हाल भइरहेको निर्वाचन नियमित निर्वाचन नभएको टिप्पणी गरेको छन् । उनले नेपालमा भ्रष्टाचार र घुसपैठ व्यापक भएकै कारण देश महँगो बन्दै गएको आरोप लगाएका छन् । नेपालमा ७६१ वटा सरकार रहेको उल्लेख गर्दै तिनले कानुन बनाएर कर बढाउँदै गएको, हाल देशमा ४६ किसिमका कर तिर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । आम्दानीको करिब ३३ प्रतिशत कर स्थानीय, प्रदेश र केन्द्र सरकारलाई बुझाउनुपर्ने भएकाले महँगाई चुलिएको उनको दाबी रहेको छ ।
प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको, नेताका कार्यकर्ता मालामाल हुँदा सामान्य जनता कँगाल बन्दै गएको आरोप लगाएका छन् । “सांसद पार्टीको होइन, जनताको हुनुपर्छ,” भन्दै उनले आफू जनताको सेवक भएको दाबी गरेको छन् । दलतन्त्र र भ्रष्टतन्त्रविरुद्ध तेस्रो आन्दोलनको आवश्यकता रहेको बताउँदै भाषणभन्दा व्यवहार हेरेर सही उम्मेदवार चिन्ने र मतदान गर्न मतदाता हरुसँग आग्रह गरेको छन् ।
कार्यक्रममा जनसहभागिता बढाउन टिकटक स्टारहरूलाई समेत सहभागी गराई नाचगान प्रस्तुत गरिएको थियो। भेलामा स्थानीय नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles