सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा १५,०५,१०० बरारबको एक वटा अटो इ-रिक्सा तस्करीका समानसहित बिरगञज भन्सार दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।
पक्राउ परेको तस्करीका समानसहिदको अटो इ-रिक्सा,
जिल्ला पर्सा वीरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. ५,११,१००।- बराबरको लत्ताकपडा साथै वीरगंज महानगरपालिका-१६ ईनर्वा स्थित बिभिन्न सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.वीरगंजबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा बिभिन्न सवारी साधनहरुमा लुकाई छिपाई ल्याउँदै गरेको मूल्य रु.५,९६,०००।-बरावरको कपडा, मोवाईल पार्टस, पैसा गन्ने मेसिन, ग्याँस पार्टस, मोटर पार्टसहरु र मुल्य रु.४,००,०००।-बराबरको अटो सहित सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ ।
सुचना अधिकारी
स.प्र.ना.उ.मोहनराज निरौला
सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा ।


