
काभ्रेको बनेपा बजार, तनावग्रस्त दूरसञ्चार नजिकै आज बुधबार बिहानै ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि बनेपा बजार तनावग्रस्त बनेको छ ।मृतक पुरुष रहेको छ । अन्य पहिचान खुलेको छैन ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बुधबार बिहान ठक्कर दिएको हो ।मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको बताएको छ । सर्वसाधारणले टि«परमा आगो लगाइदिएका छन् । चालक फरार भएका छन् । स्थानीयहरुको विरोधले यातायात अवरुद्ध भएको छ ।


