Thursday, April 16, 2026

बाराका सीमा नाकामा दिनदहाडै तस्करीको‘राज’ छतवा बरैनिया:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको नाकाबाट लाखौंको राजश्व चुहावट, सुरक्षा संयन्त्र मौन? भारत–नेपाल सीमाक्षेत्रमा पर्ने बारा जिल्लाको छतवा बरईनियानाका पछिल्लो समय खुला तस्करीको ‘हटस्पट’ बन्दै गएको स्थानीयको आरोप छ। ‘लाइन’ पाएर चलिरहेको तस्करी? स्थानीयले नकरदेही–आधारपुर र रक्साैल क्षेत्रका केही व्यक्तिहरूले यो नाकाबाट तस्करी गर्ने ‘लाइन’ पाएको स्थानीयहरूलेआरोप लगाएका छन्। दैनिक सयौं बोरा किराना सामग्री, चिनी, तेल, मसला, सुर्तीजन्य पदार्थ, रेडिमेड कपडा, इलेक्ट्रोनिक सामानलगायतका वस्तुहरू ओसारपसार हुने गरेको दाबी छ।एक स्थानीय व्यवसायी भन्छन्, “बजारमा सस्तो मूल्यमा भारतीय सामान खुलेआम बिक्री भइरहेको छ। यसले वैध रूपमा कर तिरेर व्यापार गर्ने व्यवसायीहरू मर्कामा परेका छन्।”तस्करीका सामानहरू प्रायः साना सवारी साधन, मोटरसाइकल, साइकल र कहिलेकाहीँ पैदल बोकाएर पनि ल्याइने गरेको आरोप छ। दिनको समयमा नै समूह बनाएर ओसारपसार हुँदा समेत रोकतोक नदेखिनु आश्चर्यजनक रहेको स्थानीयको भनाइ छ। सुरक्षाको जिम्मेवारी कसको?
सीमा सुरक्षा र चोरी–तस्करी इलाका प्रहरी कार्यालय छतवा बरैनियामा प्रहरीका सई. छन्” भने, सशस्त्र प्रहरी बलको बेसमा सई.नै छन्।

बाराको छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको बाराका स्थानीयहरुले आरोप लगाएका छन् ।

बारा जिल्लाका छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल बेस छतवा बरैनियामा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक सई. सिबा हरी खत्रीको मिलेमतोमा तस्करी भइरहेको स्थानीयहरुले दाबी गरेका छन् । स्थानीय आरोपअनुसार सशस्त्र प्रहरी उपनिरीक्षकबाट तस्करी नियन्त्रणका लागि निर्देशन भए पनि व्यवहारमा भने तस्करी रोकिएको छैन। विभिन्न तस्कर समूहहरूले मोटरसाइकल साइकल मार्फत भारतबाट सामान ओसार–पसार गरिरहेको बताइएका छन् । स्थानीय स्रोतका अनुसार काजु” चकलेटका”सुर्ती–सुपारी, सुखेको मर्चा चिनी, मरिच र ड्राइ फुड, किराणाका करिब १० मोटरसाइकल दैनिक रूपमा भित्रिने गरेका छन् । त्यस्तै गणेश नामक व्यक्तिले मरिच तस्करीका सामान ओसार–पसार गर्ने गरेको आरोप छ।
स्रोतका छतवा क्षेत्र हुँदै प्रसौनीसम्म दैनिक करिब १५ लाख रुपैयाँ बराबरको सामान भित्रिने गरेको स्थानीयको भनाइ रहेको छ ।
यस प्रकारको अवैध तस्करीले सीमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा अवस्थासँगै राज्यको राजस्व संकलनमा समेत गम्भीर असर परेको स्थानीयको आरोप छ।

कतिपय अवस्थामा सुरक्षाकर्मीहरुको नजिकैबाटै सामान लैजाँदा पनि कारबाही भएको देखिँदैन।” लाखौंलाखकोराजश्व क्षतिअवैध रूपमा भित्रिने सामानमा भन्सार, मूल्य अभिवृद्धि कर (भ्याट) लगायत विभिन्न करहरू नतिरी बजारमा बिक्री हुँदा राज्यलाई दैनिक लाखौंलाख रुपैयाँको राजश्व क्षति भइरहेको अनुमान छ । राजस्व कार्यालयका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, “सीमा क्षेत्रबाट हुने सानो–ठूलो तस्करीले वार्षिक रूपमा ठूलो असर पार्छ। यसले वैध व्यापारलाई कमजोर बनाउँछ र राज्यको आय घटाउँछ।”विशेषगरी चिनी, तेल, साबुन, कसमेटिक्स, सुर्तीजन्य पदार्थ र खाद्यान्नजस्ता दैनिक उपभोग्य वस्तुहरूमा ठूलो परिमाणमा चुहावट भइरहेको बताइन्छ।वैध व्यापारी मारमाछतवा बरैनीया र आसपासका बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरू अवैध सामानका कारण आफूहरू घाटामा गएको गुनासो पोखेका छन् ।“यदि सुरक्षा निकायले कडाइ गर्ने हो भने एक दिनमै तस्करी रोकिन्छ,” एक स्थानीय अगुवाले भने, “तर यहाँ त कसैले आँखा चिम्लिएको जस्तो देखिन्छ।”सुरक्षा निकायको प्रतिक्रियायस विषयमा प्रतिक्रिया लिन खोज्दा बरैनीया क्षेत्रका सुरक्षाकर्मीहरूले सीमित जनशक्ति र खुला सिमानाको चुनौतीका कारण पूर्ण नियन्त्रण कठिन रहेको बताएका छन् । सुरक्षा स्रोतका अनुसार, “हामीले नियमित गस्ती गरिरहेका छौं ।केही घटनामा सामान बरामद र व्यक्तिहरू नियन्त्रणमा पनि लिएका छौं। तर खुला सिमाना भएकाले चुनौती धेरै छन्।”नेपाल–भारतबीचको खुला सिमानाले सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध सहज बनाएको भए पनि यसैको आडमा तस्करी, अवैध कारोबार र राजश्व चुहावट बढ्ने जोखिम पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन्।सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग, अन्तरदेशीय समन्वय र स्थानीय तहको सक्रियता बिना समस्या समाधान कठिन हुने विश्लेषण छ।बरैईनीया नाकाबाट भइरहेको भनिएको तस्करी किन रोकिएको छैन ? दैनिक ठूलो परिमाणमा सामान ओसारपसार हुँदा पनि नियन्त्रण किन प्रभावकारी छैन?के सुरक्षा संयन्त्रको निगरानी पर्याप्त छ?राजश्व चुहावट रोक्न राज्यले के विशेष योजना बनाएको छ?यी प्रश्नहरूको स्पष्ट उत्तर नआएसम्म बरैनीया नाका तस्करीको ‘खुला गल्छी’ बनेरै रहने खतरा देखिएको छ।यो नाका हुँदै भइरहेको भनिएको दिनदहाडै तस्करीको विषय केवल स्थानीय समस्या मात्र होइन, यो राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्भीर मुद्दा हो । लाखौं करोडौँको राजश्व चुहावट, वैध व्यापारमा असर र सुरक्षा संयन्त्रको प्रभावकारितामाथि उठेको प्रश्नले राज्यको ध्यान तुरुन्त तान्नुपर्ने देखिन्छ । यदि सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र कडा निगरानीको व्यवस्था नगर्ने हो भने तस्करीको जालो अझ फैलिने र राज्यको क्षति अझ बढ्ने निश्चित छ ।अब हेर्न बाँकी छ—छतवा बरैनीया नाकाको तस्करी नियन्त्रणमा राज्यले कस्तो कदम चाल्छ?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles