भोजपुर जिल्लाको भोजपुर नगरपालिका-४ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ ।।भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजु लामाले जानकारी दिएका छन् । ।प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना ४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।बस दुर्घटनामा परी नेपाली सेना २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ ।

नेपाली सेना चढेको बस ब्रेक फेल भई दुर्घटनामा परेको बताइएको छ, दुर्घटनामा परी २६ जना घाइते भएका छन् ।

घाईते भएकाहरुको नामावली,
‘म्भीर घाइतेहरूलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको जनाइएको छ।


गम्भीर घाइते
जम्दार शुनिल श्रेष्ठ
हवल्दार मणिराज सुन्दास
जवान सुदिप चौधरी
जवान अस्मिता पन्त
जवान पुष्कर बहादुर मल्ल
जवान रेवति बुढाथोकी
जवान मनिस सुवेदी
गणेश तामाङ (बस साहु)
राजकुमार कुवर (चालक)
सामान्य घाइते भएका छन्” र
जवान नवीन तामाङ
जवान सुशान थिङ्क
हवल्दार काशिराज राई
जवान सुदिप पाठक
जवान तिल कुमार बिष्ट
लेस नायक किरण ढकाल
जवान प्रदिप राई
नायक शिवराज चौधरी
हवल्दार दहिन्द्र राई
जवान सन्दिप पच्य
नायक तेज कुमार बास्तोला
जवान बिरोज प्रज्जा
जवान रोशन खापुङ
जवान गोपिराम तायराम
लेस नायक रविन्द्र श्रेष्ठ
दुर्घटनामा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको भोजपुरका प्रहरीले बताउँछन् ।


