Saturday, April 18, 2026

बिरगंजको श्री मायास्थान विद्यालयम सान्ति पुनः मतदान सुरु:-

ताजा / भरखरै प्राप्त

पर्सा — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिका–५ स्थित श्री मायास्थान विद्यालयमा बिहीबार बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ। तोकिएको समयअनुसार बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुग्न थालेका छन्।


निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन मतदानस्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरिएको छ भने केन्द्र वरपर सुरक्षाकर्मीहरूले निगरानी बढाएका छन्।
मतदाताहरू उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगिरहेका छन्। निर्वाचन आयोगका प्रतिनिधि तथा मतदान अधिकृतहरूले निर्धारित प्रक्रिया अनुसार मतदान कार्य सञ्चालन गरिरहेका छन्।
स्थानीय प्रशासनका अनुसार हालसम्म मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ भने कुनै अप्रिय घटना भएको जानकारी प्राप्त भएको छैन। निर्वाचन सम्पन्न नभएसम्म सुरक्षा व्यवस्था थप सतर्क बनाइएको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles