Sunday, April 19, 2026

मतगणना अघि ठाकुरराम क्याम्पसको प्रतेक कोठा कुकुर सहित सशस्त्रद्वारा जाँच:-

ताजा / भरखरै प्राप्त

मतगणना अघि ठाकुरराम क्याम्पसमा कुकुरद्वारा कडा सुरक्षा जाँच तथा मतपेटिका आउन थाले ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नं. १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुने भएको छ। मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षाकर्मीहरूले विशेष सुरक्षा सतर्कता अपनाएका छन्।

यसैक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीको नेतृत्वमा तालिम प्राप्त कुकुरको सहयोगमा ठाकुरराम बहुमुखी क्याम्पसका प्रत्येक कोठा तथा परिसरमा सुरक्षा जाँच (सर्च अपरेशन) सञ्चालन गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतगणना सुरु हुनु अघि सम्पूर्ण भवन र वरपरको क्षेत्रको सूक्ष्म रूपमा निरीक्षण गरिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ।

निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको कडा सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षा जाँचपछि मात्रै मतगणना प्रक्रिया अगाडि बढाइने तयारी गरिएको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles