घुस लिँदा-लिदै पक्राउ परेका निलम्बन भएर फरार भएका वडाध्यक्ष चुनावमा एकाएक झुल्किए, भोट हाल्न जाँदा प्रहरीद्वार पुनः तारा बहादुर समातिएका छन् ।

फरार रहेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का निलम्बित वडाअध्यक्ष तारा बहादुर कार्की समातिएका छन्। घुस लिँदा-लिँदै रंगेहात समातिएपनि फरार रहेका कार्की भोट हाल्न जाँदा प्रहरीले पक्राउ गरेका छन् ।

सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिने क्रममा रंगेहात समातिएका उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । मुद्दा चलिरहेको अवस्थामा आफूले सफाइ पाएको भन्दै नक्कली पत्र बनाएपछि उनलाई प्रहरीले खोजिरहेको थियो। तर उनी फरार थिए। बिहिबार भने उनी चुनावमा भोट हाल्न गएका बेला समातिएका छन् ।


