मन्त्रीपरिषद बैठक अघि प्रधानमन्त्री बालेन शाह संग भेटेर प्रधानमन्त्री कार्यलयबाट निस्किएका थिए रास्वपा सभापति रवि लामिछाने ।

बालेन्द्र शाह ५ वर्षभन्दा पनि बढी समयसम्म प्रधानमन्त्री हुन सक्नेः रवि लामिछाने बताएका छन् ।रास्वपा सभापति रवि लामिछानेले बालेन्द्र शाह ५ वर्षभन्दा पनि बढी समय प्रधानमन्त्री हुन सक्ने बताएका छन् ।

पहिलो मन्त्रीपरिषद् बैठकअघि छलफल गरेर निस्कने क्रममा उनले प्रधानमन्त्रीमा शाह पाँच वर्ष निरन्तर हुने पनि बताए ।प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले बालेन्द्र शाह पाँच वर्षमात्र नभई त्यो भन्दा पनि धेरै लामो समयसम्म प्रधानमन्त्री हुनसक्ने बताएका छन् ।


