Tuesday, October 21, 2025

नेपाल प्रहरी र सशस्त्र प्रहरी को मिलोमतोमा बंकुल नाकाबाट तस्करी शुरू :

ताजा / भरखरै प्राप्त

पर्सा, १ असोज

राैतहट जिल्लाको पुर्बी नाका बंकुलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा ब्यापकरुपमा तस्करी भईरहेको छ ।

नेपाल भारत सँग जोडिएको खुल्ला सिमाना भएको कारण भारतीय तस्कर र नेपाली तस्कर एकजुट भइ सामुहिक संगठिकरूपमा भारतिय तस्करहरू ग्राम पंचायतका
सुरक्षाकर्मीको सहमति र संरक्षण बिना यति ठूलो तस्करी हुनै सक्दैन ।
जबकि बंकुल बजारमा नेपाल प्रहरीको असईको कमाण्डमा चौकी नै छ भने सशस्त्र प्रहरीको बिओपी पनि छ ।
सशस्त्र प्रहरीको चौबिसै घण्टा डियुटी खटिएको हुन्छन् ।

राैतहट सरमुजवा घरभएका नवलकिसोर यादवले कपडाको ठूलो तस्करी गरिरहेका छन् ।
भने साईकल प्रयोग गरेर दर्जनौं कामदार मार्फत कपडा र हार्डवेयरका सामानको तस्करी भईरहेका छन् ।

मुख्य रूपमा यहाँबाट खुलेयाम काम गर्नेहरूमा एक दर्जन महिलाको समूह रहेको छ भने साइकलमा तस्करी गर्ने चार जना रहेका छन् ।

उनीहरूले कपडा र हार्डवेयरका सामान तस्करी गरेर लगानी कर्ताको गोदाममा पुर्याउने काम गरिरहेका छन् ।

अहिले नेपाल प्रहरीका बंकुल बजारमा स्थित प्रहरी चौकीमा असई सुशील सिंह रहेका छन् ।

राैतहट प्रहरीमा विगत देखि नै असई दर्जाको लागि प्रहरी चौकी अतिरिक्त कमाईको हिसाबले अति उत्तम मानिन्छ ।

त्यसैले यहाँ टेण्डर हालेर जाने प्रचलन नै थियो । टेण्डर हालेर गएपछि तस्करी गराएर नै रकम उठाउन प्रयोग गरिनेछ नि, जिल्ला प्रहरी कार्यालयका एक जना असई भन्छन् , ।

नेपाल प्रहरीका प्रमुख एसपी र सशस्त्र प्रहरीका एसपीले
तस्करी नियन्त्रणमा ल्याउनका लागि यति ठूलो प्रयास गरेको भए पनि बंकुल नाकाबाट भने तस्करी नियन्त्रण भएको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles