Tuesday, October 22, 2024

काैडा जुवा खेलिरहेका २९ जना पक्राउ :

ताजा / भरखरै प्राप्त

काठमाडौंका दुई वटा ठाउँबाट प्रहरीले जुवा खेलिरहेका २९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगर र कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाइफ बेकरीस्थित घरबाट गरी जम्मा २९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-६ का ४२ वर्षीय रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोमबहादुर तामाङ सहित १३ जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट ५ लाख
६ हजार रूपैयाँ,
४५ थान कौडा र ४ थान मोबाइलसहित पक्राउ गरेको हो।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाइफ बेकरीस्थित
अनिता राईको घरमा
कौडा खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-२ का
४२ वर्षीय नवराज श्रेष्ठसहित १६ जनालाई गएराति पक्राउ गरेको हो।

उनीहरूबाट नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा बरामद
गरेको प्रहरीले बताउ
छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles