Tuesday, October 22, 2024

प्रहरी को मिलोमतोमा व्यापकरूपमा तस्करी सुरू:

ताजा / भरखरै प्राप्त

रौतहट
रौतहटको विभिन्न नाकामा खटिने सशस्त्र प्रहरी वल र नेपाल प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी
बढेको छ।
भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक
रुपमा तस्करी गरिरहेका छ्न ।
पछिल्लो समय रौतहट जिल्लाको गौर,महादेव पट्टि,बन्जराहा,औरैया,
मठिया महुलीया,
जयनगर,घिउरा,
रापुरखाप,रामपुर्वा,
नरकटीया,बँसिर चौक,चिरान,बंकुल,गोदाम,छोटी भन्सार बड़ा बंकुल र बारा जिल्लाको कचोरवा,सिम्रौनगढ,
पिपरपाती,कवही
,मुसहरवा नाकाबाट व्यापक मात्रामा तस्करी भईरहेको छ।
रौतहटको सीमाक्षेत्र सँग जोडिएकोका भारतिय बजार घोडासाहन,चैनपुर,
बैरगिनिया,बारा सँग जोडिएका घोडासाहन,छौडारादानो,
आदापुर,लगाएतका नाकाबाट साना पोके तस्करदेखि ठूला
संगठित
तस्करहरूको सक्रियता बढेको देखिएको बौधीमाई नपाका स्थानीय समाज सेवी कमल राय यादव बताउँ छ।
भारतीय सामान रौतहट छिर्ने मुख्य नाका
गौर भन्सा तस्करहरूबाट मासिक रकम लिएर अवैध
कारोबार सञ्चालनमा सघाइरहेको स्रोतले बताएको छ।

सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका
निकायहरूकै संलग्नता र
सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको
देखिन्छ ।

भारतीय बजार घोड़ासहनबाट रौतहटको छोटी भन्सार बंकुल नाका भएर भारतीय ट्याम्पो तथा
मोटरसाइकिलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको
संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ ।

रौतहटको मुख्य नाकाको रूपामा रहेका पाँच वटा नाका बेलबिछवा,
गौर भन्सार,औरैया,
रामपुर खापमा पाँच वटा बी ओ पी रहेका छन् । जसमध्ये गौर भन्सार,बेलबिछवा, औरैया,रामपुरखाप र
बी ओ पी सरमुजवा लगायतका बी ओ पी
हरुमा सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा र नयाँ निरीक्षकहरु
बी ओ पी हरुमा आउने बित्तिकै तस्करहरुसंग साटघाट गरि राति राति र
बिहान सेटिंगमा संगठित रूपमा तस्करी भइरहे छ।

त्यसतै नेपाल प्रहरीका ७ युनिट छन् ।
स्थानियहरु बताउ छन् ।

रौतहट जिल्लाको कटहरिया नगरपालिकाका तस्करहरू
रन्जय साह,लक्ष्मी साह लगायतका तस्करहरुबाट मोटो रकम लिइ र भारतीय
तस्करहरु झड़ौखारका श्यामसुन्दर साह,अगरवाका अरविन्द साह,भारत पुरनहियाका
संन्दिप यादव,भारतको लैन बाँसवरियाका राजू
गिरी,संन्तोष जयसवाल,परोहा नपाका बिकाउ जयसवाल,बाराका
मास्टर मिया,भोला साह,शत्रुधन कुशवाहा,जस्ता भारतीय
कुख्यात तस्करहरुबाट मोटो रकम लिई बड़ा बंकुल र नरकटिया सिमा नाकाबाट रौतहटका विभिन्न बजार मौलापुर,विजयपुर,
कटहरिया,गरुडा,
चपुर सम्म बिना रोकटोक राजस्व छलिएका तस्करीका समानहरु
यी कख्यात तस्करहरूले विभिन्न बजारहरुमा पुर्‍याउने गरेका स्थानीयवासीहरु
बताउँछन् ।

गिट्टी,बालुवा र अबैध मदिरा भारत लैजान भारत बाट आगुऔषद टिटजेसिक
इन्जेक्सन डाजिइङपाग सघाईरहेको तथा भारतबाट
अबैध तयारी कुखुरा,
स्पेयर पार्ट्स,कास्मेटिक आइटम,
खाद्यान्न सामग्री लगायतका वस्तुहरूको ओसार पोसारमा सघाउ पुरयाएकोले राजस्व संकलनमा कमी आएको देखिएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रुपमा सर्वसाधारणलाई दुःख
दिने र दिनहुँ दशौँ पटकसम्म सामान ओसारपसार गर्नेलाई
छुट दिने गरेको स्थानीयहरु बताउँछन् ।

तस्करहरुसँग सशस्त्र प्रहरी र नेपाल प्रहरी ले डिल भएकाले तिनीहरुलाई
केही नगर्ने तर सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका
लागि केही मात्रामा सामान
ल्याउँदा माथिको निर्देशन भन्दै सताउने गरेको स्थानीयहरुको गुनासो छ।

बंकुल नाकाको छेउबाट लाखौं मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको छ ।
केही भारतीय खुद्रा तथा थोक तस्करहरुसँगको मिलेमतोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा दिनहुँ लाखौंको
तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुको
भनाई छ।

अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै टाइट गरेको देखाएर तस्करहरुलाई रामराज्य बनाएका छन् ।

भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले यो नाकाबाट
प्रत्येक दिन हजारौं
कार्टुन मदिरा गाजा,अफिम जस्ता आगु औसध भारत पठाइरहेका छन् ।

सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीको लाइनका
बारेमा कुनै जानकारी नभएको बताउँछन्।

सीमावर्ती क्षेत्रबाट व्यापक
तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन
गर्न सकिरहेका छैनन् ।
जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ ।

यता केही दिन अगाडि आएका बिओ पि प्रमुख आएसँगै सेटिङमा
बारा र रौतहटको विभिन्न नाकाबाट लहसुनको तस्करी भएको स्थानीयले बताउ छन् ।

त्यसतै सूचना दिने मान्छेको नाउ गोप्य राख्नु पर्ने भने
तापनी प्रहरी प्रशासनलेनै
सूचना दिने मान्छेको नाम सरोकार बालालाई दिने गरेको स्थानीयको भनाई
छ ।
त्यसतै सशस्त्र प्रहरी वल,नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रवाक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुर्यशेन
ओलीसंग कुरा गर्दा मधेस प्रदेशसंग जोडिएका
बोडर यूनिटलाई कडा निर्देशन दिनुभएको छ।

तस्करीसँग साठगाठ जोडिएका त्यसतो कुनै किसिमको संगलनता देखिएमा सिधै कारबाही गर्ने र आ-आफ्नो क्षेत्रमा
शान्ती सुरक्षा कायम
राख्ने निर्देशन वरिष्ठ उपरीक्षक ओलीले बताउनु भएको छ ।
रासस ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles