
झापा । केही समयअघि
दुर्गा प्रसाईं पक्राउको
बिरोध गर्दै उनका समदर्थकद्वारा आगजनी
गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–६
गिरीबन्धु टी–स्टेट नजिक
प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन
नदिई असोज ७ गते डब्ल्यु
बी ७३ इ ३०५६ नम्बरको
ट्रकमा आगजनी गरेका थिए ।
बीएण्डसी अस्पतालका
सञ्चालक समेत रहेका
प्रसाईँलाई प्रहरीले पक्राउ
गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक
बचाउ महाअभियान अन्तरगतका नागरिक
प्रतिरक्षा बल (पीडीएफ)ले
झापाको यातायात बन्दकोक्रममा भारतीय
ट्रकमा आगजनी गरेका
थिए ।
आगलागीबाट ट्र्कको
अगाडिको भाग पुर्णरुपमा
जलेर नष्ट भएको थियो ।
आगलागीबाट ट्र्कका
चालक भारत इस्लामपुर
बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको
पाखुरा र ढाड जलेर घाइते
भएका थिए ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रसाई नेतृत्वको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।चालकको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भईरहेको अवस्थामा शनिबार मृत्यु
भएको हो ।
चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार
डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा
ल्याएर सडक अवरुद्ध गरेका थिए ।
घटनापछि भारतीय
प्रहरीले नेपाल प्रहरीसँग
समन्वय गरेर शव नेपाल ल्याइएको छ ।
उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । साभार ।